05 अल-उसूल अस-सलासा (तीन मसाइलहरू)
तेस्रो: यो कि जसले रसूलको आज्ञापालन गर्यो र अल्लाहलाई तौहीद गर्यो उसका लागि जायज छैन कि उसले अल्लाह र उहाँका रसूलको विरोध गर्नेसँग मित्रता राखोस्, चाहे ऊ जति नै नजिकको नातेदार किन नहोस्, र दलील अल्लाह तआलाको यो वचन हो:
﴿ لَا تَجِدُ قَوْمًا يُؤْمِنُونَ بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ يُوَادُّونَ مَنْ حَادَّ اللَّهَ وَرَسُولَهُ وَلَوْ كَانُوا آبَاءَهُمْ أَوْ أَبْنَاءَهُمْ أَوْ إِخْوَانَهُمْ أَوْ عَشِيرَتَهُمْ أُولَئِكَ كَتَبَ فِي قُلُوبِهِمُ الْإِيمَانَ وَأَيَّدَهُمْ بِرُوحٍ مِنْهُ وَيُدْخِلُهُمْ جَنَّاتٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا رَضِيَ اللَّهُ عَنْهُمْ وَرَضُوا عَنْهُ أُولَئِكَ حِزْبُ اللَّهِ أَلَا إِنَّ حِزْبَ اللَّهِ هُمُ الْمُفْلِحُونَ (22) ﴾ (तिमीले त्यस्तो कुनै जाति पाउँदैनौ जुन अल्लाह र आखिरतको दिनमाथि ईमान राख्दछ र अल्लाह र उहाँका रसूलको विरोध गर्नेसँग मित्रता राख्दछ, चाहे उनीहरू तिनका बुबा, छोरा, दाजुभाइ वा नातेदार नै किन नहोऊन्, यिनैका दिलमा अल्लाहले ईमान लेख्नुभएको छ र आफ्नो तर्फबाट रूहले तिनीहरूलाई सहयोग गर्नुभएको छ, र उहाँले तिनीहरूलाई त्यस्ता जन्नतहरूमा प्रवेश गराउनुहुनेछ जसमुनि नहरहरू बग्छन्, तिनीहरू त्यसमा सधैंका लागि रहनेछन्, अल्लाह तिनीहरूसँग राजी हुनुभयो र तिनीहरू उहाँसँग राजी भए, यिनै अल्लाहको दल हुन्, याद राख, अल्लाहको दल नै सफल हुनेवाला हो)।
तेस्रो मसलामा लेखकले शिर्क र यसका मान्नेवालाहरूबाट बराअतको अनिवार्यता बताउनुभयो।
शिर्क र यसका मान्नेवालाहरूबाट बराअत यसद्वारा हुन्छ:
- दिलले
- जिब्रोले
- अंगहरूले
- दिलले, अर्थात् काफिरहरू, तिनीहरूका चाडपर्व र समारोहसँग, र विशेष गरी तिनीहरूका शिर्किया कुराहरू र बिदअतहरूसँग घृणा गर्नु।
- जिब्रोले। ( إِنَّنِي بَرَاءٌ مِمَّا تَعْبُدُونَ (26) ) (म तिमीहरूले पूजा गर्ने कुराबाट बरी छु), ( قُلْ يَا أَيُّهَا الْكَافِرُونَ (1) لَا أَعْبُدُ مَا تَعْبُدُونَ (2) وَلَا أَنْتُمْ عَابِدُونَ مَا أَعْبُدُ (3) وَلَا أَنَا عَابِدٌ مَا عَبَدْتُمْ (4) وَلَا أَنْتُمْ عَابِدُونَ مَا أَعْبُدُ (5) لَكُمْ دِينُكُمْ وَلِيَ دِينِ (6) (भन: हे काफिरहरू! म तिमीहरूले पूजा गर्ने कुराको पूजा गर्दिनँ, र तिमीहरू पनि मैले पूजा गर्ने कुराको पूजा गर्नेवाला होइनौ, र म पनि तिमीहरूले पूजा गरेको कुराको पूजा गर्नेवाला होइनँ, र तिमीहरू पनि मैले पूजा गर्ने कुराको पूजा गर्नेवाला होइनौ, तिमीहरूका लागि तिम्रो दीन र मेरा लागि मेरो दीन)।
- अंगहरूले, अर्थात् तिनीहरूका समारोह, अनुष्ठान, पहिरन वा तिनीहरूका विश्वासहरूमा सहभागी नहुनु।