15 अल-उसूल अस-सलासा (नबी र रसूलहरूमाथि कसरी ईमान ल्याउने?)
चौथो आधार: रसूलहरूमाथि ईमान
हामीले यसमाथि ईमान ल्याउनु अनिवार्य छ कि तिनीहरू मानव हुन्, तिनीहरूसँग रुबूबियतको कुनै विशेषता छैन, र यो कि तिनीहरू दास हुन् जसको पूजा गरिँदैन, र यो कि अल्लाहले तिनीहरूलाई पठाउनुभयो र तिनीहरूतर्फ वही गर्नुभयो, र आयतहरूद्वारा तिनीहरूलाई सहयोग गर्नुभयो, र यो कि तिनीहरूले अमानत अदा गरे, उम्मतलाई नसीहत गरे र पैगाम पुर्याए, र अल्लाहको बाटोमा हक्क जिहाद गरे, हामी तिनीहरूमाथि र अल्लाहले हामीलाई बताउनुभएका तिनका नाम, सिफत र समाचारहरूमाथि, संक्षिप्त र विस्तृत रूपमा ईमान ल्याउँछौं, र यो कि सबैभन्दा पहिलो नबी आदम अलैहिस्सलाम हुनुहुन्छ, र सबैभन्दा पहिलो रसूल नूह अलैहिस्सलाम हुनुहुन्छ, र नबी र रसूलहरूमध्ये अन्तिम मुहम्मद ﷺ हुनुहुन्छ, र यो कि पहिलेका सबै शरीअतहरू मुहम्मद ﷺ को शरीअतले मन्सूख गरेको छ, र उलुल अज़्म पाँचजना छन् जसको उल्लेख सूरह अश्शूरा र सूरह अल-अहज़ाबमा भएको छ: (मुहम्मद ﷺ, नूह अलैहिस्सलाम, इब्राहीम अलैहिस्सलाम, मूसा अलैहिस्सलाम, र ईसा अलैहिस्सलाम)।